मापसे वाले गायक कुल्फी वाले बनेपछी (भिडियो सहित)



१८ साउन २०७५, काठमाडौं

तीजको अवसर पारेर गायक तथा सर्जक राजेन्द्र भण्डारीले लोक गायिका राधिका ढकालको साथमा ठट्यौली गीत ‘कुल्फी वाले भैया’ बजारमा ल्याएका छन् ।

बिगत लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय रहेका गायक भण्डारीले आफ्ना प्रस्तुतीहरु निरन्तर रुपमा श्रोता माझ ल्याईरहेका छन् । भण्डारी तिनै सर्जक हुन जसले मापासे बोलको गित बजारमा ल्याएर चर्चामा आएका थिए ।

जनचेतनामूलक गीतहरु बजारमा पस्क्दै आईरहेका भण्डारी भन्छन्, ‘कलकार भैईसकेपछी जनतालाइ चेतना दिने खालको सिर्जना गर्नुपर्छ र म त्यसैमा लागेको छु । त्यसैले तीज कोशेलीको रुपमा बजारमा आएको ‘कुल्फी वाले भैया’ बोलको गीत पनि त्यही अनुसारको ठट्यौली नै रहेको छ ।’

भण्डारीका गीतहरु प्राय सन्देशमुलक र ठट्यौली खालका हुने गर्छन् । गायक तथा सर्जक राजेन्द्र भण्डारीको लय शब्द रहेको गीतमा स्वयम् भण्डारी र गायिका राधिका ढकालको स्वर रहेको छ । अभिनयमा पनि भण्डारी र निरु खडका (ठ्यासकुमारी)ले  रहेका छन् ।

खमेश श्रेष्ठको निर्देशन रहेको गीतमा कुल्फी बेच्ने भैया र कुल्फी खान आउने केटीको प्रेम काहानी समेटिएको छ । यस गीतलाई मेनुका डिजिटलले बजार व्यवस्थापन र युट्युवमा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्