प्रत्यक्ष वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि



१८ साउन २०७५, काठमाडौं

छिमेकी मुलुक चीनबाट नोपल भित्रने प्रतक्ष्य वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ ।

गत आर्थिक बर्ष २०७४/७५ र अघिल्लो आर्थिक बर्ष २०७३/७४ मा नेपालमा कुल ५७ वटा देशबाट लगनीको प्रतिवद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ ।

नेपालमा भारतसहित अमेरिका, बेलायत, अस्ट्रेलिया, ब्राजिल, बेल्जियमलगायतका देशबाट लगानीको लागि प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

गत आर्थिक बर्षमा चीनको मेनल्याण्बाट ५५ अर्ब ८ करोड र चीनकै हङकङबाट ३ अर्ब लगानी प्रतिवद्धता आएको छ । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

यस्तै भारतबाट ७ अर्ब ८ करोड, अमेरिकाबाट ३ अर्ब १ करोड, दक्षिण कोरियाबाट २ अर्ब ७ करोड रुपैयाँ बरारबरको लगानी प्रतिवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्