“इन्टु मिन्टू”मा साम्राज्ञीको गीतलाई भ्युजको बाढी (भिडियो सहित)



१६ साउन २०७५, काठमाडौं

फिल्म “इन्टु मिन्टू” ले सार्वाजनिक भएको १ हप्तामै अप्रत्याशित रुपबाट ११ लाख भन्दा बढी भ्युज बनाउन सफल बनेको छ। नायिका साम्राज्ञी र नव नायक धिरज मगरको अभिनय रहेको “उडायो हावा”ले बोलको उक्त गीत धेरैले मन पराएका छन्।

एक साता भित्रै त्यति धेरै भ्युज बनाएकोमा फिल्मका निर्देशक रेबषा वान्तवा राई खुशीले दङ्ग छन् भने आफुलाई अझ बढी चुनौती थपिएको महसुश गर्छन। गीतको भ्युज बढे सँगै दर्शकको आसा पनि बढाईदिएको छ।

फिल्मको लगभग सबै दृश्य बेलायतमा खिचिएको छ। साम्राज्ञी र धिरजको जोडीलाई धेरैले क्युट कप्पल भएर समेत कमेन्ट गरेका छन्। यहि असोज ५ गतेबाट प्रदर्शनमा आउने उक्त फिल्मका ५ वटा गीतहरु रहेका छन्।
हेरौं उक्त गीतको भिडियो यस्तो छ :-

प्रतिक्रिया दिनुहोस्