दीपाको डान्स देखेर रेखा फिदा (भिडियो सहित)



१६ साउन २०७५, काठमाडौं

चर्चित फिल्म छक्का पञ्जा ३ को “पहिलो नम्बर”मा बोलको गीतमा दिपाश्री निरौलाले गरेको डान्स देखेर नायिका रेखा थापा फिदा भएकी छिन्। मंगलबार बिहानै उक्त गीत सेयर गर्दै नायिका थापाले दीपाको डान्स देखेर आफु फिदा भएको भन्दै प्रशंसा समेत गरेकी छिन्।

रेखाले आफ्नो फेसबुकमा लेखेकी छिन् , “मेरो दिदी यु रक्स, एक्प्रेसन एण्ड डान्स बबाल। छक्का पञ्जा ४ मा पुरै फिल्म हेर्ने है तिमीलाई। लभ यु दिदु।” त्यसैगरी दिपकराज गिरीलाई पनि रेखाले भिनाजु भन्दै लभको साइन दिएकी छिन्। दीपकलाई भिनाजु भनेकोमा दीपाले पनि मख्ख पर्दै थ्यांक्यु रेखा लाला भनेर कमेन्ट गरेकी छिन्।

कुनै समय एक अर्कामा बोलचाल नै बन्दा गरेका रेखा र दीपाको यो आत्मियता देखेर सबै छक्क परेका छन्।

सोमबार साढे २ बजे तिर सार्वजानिक भएको गीतमा आज बुधबार सम्ममा १२ लाख भन्दा बढीले हेरिसकेका छन्। दिपक, दिपा, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल, प्रियंका कार्की,वर्षा सिवाकोटी, स्वस्तिमा खड्का, बुद्धि तामाङ, दीपिका प्रसाई, सन्जोग कोइराला र सुमन गिरीको समेत उक्त गीतमा नृत्य हेर्न सकिन्छ।

हेरौं उक्त गीतको भिडियो यस्तो छ :-

प्रतिक्रिया दिनुहोस्