व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही गर्न माग



१६ साउन २०७५, काठमाडौं

बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राको आचरणप्रति अमर्यादित टिप्पणी गर्ने व्यवसायी दुर्गा प्रसाईं र पूर्व कानुनमन्त्री शेरबहादुर तामाङप्रति सरकारको आधिकारीक धारणा नआए आन्दोलनमा उत्रने नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशका विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

एसोसिएसनका अध्यक्ष नवीन यदवको नेतृत्वको टोलीले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै पूर्व मन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्रामाथि अत्यन्त अमर्यादित, अशिष्ट, र अराजक टिप्पणी गरेकाले यसले आफूहरुलाई चोट पुगेको बताउँदै उनीहरुमाथि कारबाहीको माग गरेका छन् ।

आजको नागरिक दैनिकको पृष्ठ ८ मा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्