बिमा कसुरमा ३ सय गुणा जरिवाना वृद्धि, विधेयकको विरोध



१६ साउन २०७५, काठमाडौं

सरकारले बिमासम्बन्धी कसुरको जरिवाना ३ सय गुणाभन्दा बढीले बढाउने प्रस्ताव गरेको समाचार आजको कारोबारमा छापिएको छ ।

अर्थ मन्त्रालयले संघीय संसदमा पेश गरेको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा बिमाको कसुरअनुसार एक करोड रुपैयाँसम्म जरिवाना र १० बर्षसम्म कैद सजायको व्यवस्था गरेको हो ।

विद्यमान बिमा ऐनमा अधिकतम ३० हजार रुपैयाँसम्म जरिवाना र अधिकतम २ बर्षसम्म कैद सजायको मात्र व्यवस्था थियो ।

विज्ञसँग छलफल नगरी सरकारले एकतर्फी रुपमा विधेयक बनाएर पेश गरेको र अन्तराष्ट्रिय अभ्यासविपरीत दण्ड जरिवाना राखिएको भन्दै विरोध सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्