
हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा तीजका गीत सार्वजनिक हुनेक्रम बढेको छ । हालै मात्र गायिका सम्झना भण्डारी र गायक विनोद भण्डारी स्वरमा सजिएको “तीजका गीत खत्तम” बजारमा आएको छ।
शिव अखेलीको शब्द सिर्जना रहेको गीतमा सर्जक तथा संगीतकार नरेश खाती क्षेत्रीले संगीत भरेका छन् ।प्रकाश भट्ट निर्देशित गीतको भिडियोमा ” बिष्णु सापकोटा “हर्के हल्दार” र रोशनी सापकोटा “बाटुली” को अभिनय देख्न सकिन्छ ।





