एक वर्षमा २५ अर्बको ग्यास आयात



१५ साउन २०७५, काठमाडौं

नेपाली उपभोक्ताको भान्सामा पछिल्लो पाँच वर्षमा १ अर्ब रुपैयाँ भन्दा बढीको खाना पकाउने एलपी ग्यास खपत भएको समाचार आजको कारोबारमा छापिएको छ ।

सहजै प्रयोग गर्न सकिने अत्यावश्यक बस्तुको रुपमा रहेको ग्यासको आयात बढेसँगै पाँच वर्षमा १ खर्ब ५ अर्ब १४ करोड रुपैया बराबरको भण्डै १४ लाख मेट्रिक टन ग्यास खपत भएको तथ्यांक छ ।

स्वदेशमा विकल्प नभएको ग्यास सहरी क्षेत्रमा नभएर ग्रामिण क्षेत्रमा पनि प्रयोग बढ्दै गएपछि वर्सेनी आयतदरसमेत बढ्दै गएको हो । बढ्दो सहरीकरणसँगै दाउर र गुइँठाको अभाव हुन थालेपछि ग्यासको खपसँगै आयातदर वर्सेनि बढ्दै गएको नेपाल आयल निगमले जनाएको छ।

गत आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको ३ लाख ७७ हजार मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले गएको एक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको ३ लाख ७७ हजार मेट्रिक टन ग्यास आयत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्