
१४ साउन २०७५, काठमाडौं
बलिउड नायिका प्रियंका चोपडाले आफूभन्दा ११ वर्ष कान्छा प्रेमी निकसँग इन्गेजमेन्ट गरिन् भने यता नेपाली नायिका प्रियंका कार्कीले पनि आफूभन्दा ६ वर्ष कान्छा नायक आयुष्मानसँग केही दिनअघि इन्गेजमेन्ट गरेकी छिन् ।
अमेरिकी प्रेमी निकसँग इन्गेजमेन्टमा बाँधिएकै कारण प्रियंकाले सलमान खानसँगको अपोजिटमा चलचित्र भारतमा काम नगर्ने भएकी छिन् ।
प्रियंका र निकबिच हालै लण्डनमा इन्गेजमेन्ट भएको खुलाइएको छ । पिपुल वेभसाइटमा प्रकाशित खबर अनुसार १८ जुलाईमा प्रियंकाको जन्मदिनकै दिन उनीहरूको इन्गेजमेन्ट भएको बताइएको छ ।
प्रियंका र निकको उमेरमा करिव ११ वर्षको अन्तर छ । प्रियंका ३६ वर्षको उमेरमा पुगेकी छिन् भने निक २५ वर्षका पुगेका छन् ।
नेपाली नायिका प्रियंका कार्कीकोे इन्गेजमेन्ट खबर बाहिरिए लगत्तै बलिउडको सफलतापछि हलिउडमा सङ्घर्ष गरिरहेकी प्रियंकाको इन्गेजमेन्टको खबर आएको हो ।
यति मात्र होइन यि दुवै नायिकाले आफू भन्दा कान्छो लक्का जवानसँग लगनगाँठो कस्ने पक्कापक्की भएको छ ।





