एनआरएनए ११ औं क्षेत्रीय सम्मेलन



१३ साउन २०७५, लग्जेम्वर्ग

एनआरएनए युरोप क्षेत्रीय बैठक सुरु

लग्जेम्वर्ग । गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भयो । “युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी”  भन्ने मुल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा आयोजित बैठकको उद्घाटन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश, संघका अध्यक्ष भवन भट्, युरोप संयोजक शिव वरुवालले संयुक्त रुपमा गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले गैर आवासिय नोपलीहरुलाई नागरिकता कार्यान्वय हुने प्रतिवद्धता जनाउनु भएको छ । उहाले नेपालको आर्थिक क्षेत्रमा योगदान गरिरहेको बताउनु भयो । गैर आवसिय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कट्यौती नगर्ने जनाउनु भएको हो । निकै लामो छलफल पश्चात गैर आवासिय नेपालीलाई नागरिकता सम्बन्धी व्यवस्था गरिएको उल्लेख गर्नुभएको छ । ‘यो कट्यौती हुन्छ कि, अफ्ठेरो पर्छ कि भन्ने आशंका नगर्नुुस,’ उहाले भन्नुभयो, ‘कोहि जिम्मेवार व्यक्तिले कट्यौती गर्ने भन्नुुभएको रहेछ भने पनि म क्षमा चाहान्छु ।’

उहाले नेपालमा तीन तहको निर्वाचन सम्पन्न भइसकेकाले अब राजनीतिक संक्रमण पुरा भएको उल्लेख गर्नुभयो । ‘अबको नेपालको एकमात्र ऐजेन्डा आर्थिक विकास नै हो । आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्नेबारे राष्ट्रिय अबिभारा केन्द्रित छ,’ उहाले भन्नुभयो । नेपाल आगामी तीन वर्षमा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नत हुन् र सन २०३० सम्म दिगो विकासका लक्ष्यहरु पुरा गरि मध्यम आय भएको मुलुकमा पुुग्नका लागि एनआरएनले थप सहयोग गर्नुपर्ने धारणा राख्नुु भएको छ । ‘सरकारले तपाईहरुसंग साझेदार बनेर अघि बढ्ने छ,’ उहाले भन्नुभयो । नेपाल सरकारले अहिले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढिकरण, सामाजिक न्यायको सुनिश्चितता, अन्तराष्ट्रिय सम्बन्ध कायम गर्ने गरि अघि बढेको जनाउनुु भएको छ । यस बेला गैर आवासिय नेपालीहरुको सहयोग चाहिएको परराष्ट्रमन्त्री ज्ञावलीले बताउनु भएको छ । ‘समृद्धि यात्राको साझेदारी हुनुहोस,’ उहाले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गैर आवासिय नेपालीलाई राजनीतिक अधिकार पनि दिनुपर्छ भन्ने आफ्नो व्यक्तिगत धारणा रहेको उल्लेख गर्नुभएको छ । संविधानले हाललाई उक्त व्यवस्था गरेको छैन । संविधानमा उल्लेख भएको विषय कार्यान्वयन गर्न कानुन बनाउन प्रतिवद्ध रहेको उहाको धारणा थियो । ‘संविधानले दिएको अधिकार अनुसारको कानुन बनाउन म सहयोग गर्ने छु,’ उहाले भन्नुभयो ।

नेपाल विकास र समृद्धिको भोकले तड्पिरहेको उहाले बताउनुु भएको छ । ‘समृद्धि शब्द गायत्री मन्त्र जस्तो बनेको छ,’ उहाले भन्नुभयो, ‘हामीले खोजेको उड्ने गतिको समृद्धि हो ।’

एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने संविधानमा उल्लेख भएको गैर आवासिय नेपालीको नागरिकता कार्यान्वयनमा ल्याउन माग गरे । ‘संविधानमा उल्लेख भइसकेको कुरालाई पनि मन्त्रीहरुले विरोधाभाषपुर्ण अभिव्यत्ति दिनु भएको छ । तर पनि हामी संविधानको मर्मलाई सम्बोधन गर्ने गरी कानुन बन्नेछ भन्नेमा विश्वस्त छौ,’ उहाले भन्नुभयो । नेपालले विभिन्न मुलुकहरुसंग दोहोरो कर मुक्ति सम्झौता गर्नुपर्ने सुुझाब सरकारलाई उहाले दिनुुभएको छ । एनआरएनका अध्यक्ष भवन भट्टले नेपालको समृद्धिलाई गैर आवासिय नेपालीले सघाउ पुुर्याउने बताउनु भयो । ‘७० लाख नेपालीले ७८ मुलुकमा एउटै सोचका साथ यो संस्था स्थापना गर्नुभएको छ । नेपालको समृद्धि नै यो संस्थाको सफलता हो,’ उहाले भन्नुभयो ।

बेनालक्सका लागि नेपाली राजदुत लोक बहारदुर थापाले गैर आवासिय नेपालीलाई नेपालले ट्रेड प्रमोटरका रुपमा लिनुपर्ने धारणा राख्नुु भएको छ । ‘नेपालीको हक हित रक्षा गर्न होस वा नेपालको विकास गर्ने चाहना उहाहरुले देखाइरहनुभएको छ । यो प्रशंसा गर्न लायक विषय हो,’ उहाले भन्नुभयो ।

पूर्व मन्त्री हिसिला यमीले कार्यक्रममा राष्ट्रियता भौतिक प्रगतीले मात्रै नपुुग्ने बताउनु हुदै आर्थिक आधार चाहिने धारणा राख्नु भएको छ । ‘त्यसका लागि अब नेपाल काम गरेर देखाउने वेला आएको छ,’ उहाले भन्नुभयो ।

सांसद रामकुमारी झार्कीले गैर आवासिय नेपालीलाई नागरिकताको संविधानमै स्पष्ट पारेकाले कानुन बनाएर लागु गर्ने प्रतिवद्धता जनाउनु भएको छ । ‘कानुन बनाएर लागुु गर्न बा“की छ । असोजको ३ गतेभित्र एक सय वटा कानुन बनाउनुु पर्ने छ,’ झार्कीले भन्नुभयो, ‘मौलिक हक र नागरीकतासंग सम्बन्धीत कानुन बनाउन गैर आवासिय नेपालीहरुले सहयोग गर्नुपर्छ ।’

अर्का सांसद सुुर्य पाठकले कुनैपनि देशको विकासमा गैर आवासियहरुको योगदान रहेको विश्व बैंक, आइएमएफ लगायत प्रतिवेदनले स्पष्ट पारिसकेको बताउनुभएको छ । ‘नेपालका लागि पनि एनआरएनएको भुमिका महत्वपुर्ण छ । नागरिकताको निरन्तरता वा दोहोरो नागरिकता एनआरएनको महत्वपुर्ण एजेन्डा हो,’ उहाले भन्नुभयो ।

आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश कार्यक्रमलाई सम्बोधन गर्दै लक्जेम्बर्गमा तीन सय नेपालीहरु बसोबास गर्ने जानकारी दिए । कार्यक्रममा उपस्थीत हुन नसक्नु भएका एनआरएनएका अध्यक्ष उपेन्द्र महतोले शुुभकामना सन्देशमार्फत नेपालमा ठूलो परिवर्तन र सक्रमण पार गरेर अघि बढेको बताउनु भयो । ‘अस्थिर सरकारको अवस्था अब छैन । नेपालको क्षेत्रमा काम गर्न स्पष्ट नीति, कार्यक्रम र योजना खाका कोर्नुहुने छ,’ उहाले बैठकमाथी विश्वस गर्दे सन्देशमार्फत भन्नुु भयो ।

बैठकको सभापतित्व गर्दै एनआरएन युरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवाले बैठक सम्पन्न गर्न सहयोग गर्नेहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै बैठकको वृहत विषयमा जानकारी गराउनु भएको थियो  । बैठक सोमवार सम्म चल्ने  छ । बैठकको अन्तिम दिन लग्जेम्र्वग घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्