नियमित सञ्चालन हुँदैनन् प्रदूषण मापन स्टेसन



१३ साउन २०७५, काठमाडौं

वायु गुणस्तर मापनका लागि स्थापना गरिएका स्टेसन नियमित रुपमा सञ्चालन नहुँदा वायु प्रदूषणको वास्तविक अवस्था थाहा पाउन समस्या हुने गरेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

कुनै पनि वायु प्रदूषण मापन स्टेसन बाह्रै महिना नियमित सञ्चालन हुँदैनन् । स्टेसनका उपकरणमा दोहोरिरहने प्राविधिक गडबढीले वायुको तथ्यांक संकलन प्रभावित बन्दै आएको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न ५ स्टेसनका उपकरण समयमा मर्मतसम्भार नहुँदा प्रदूषणको तथ्यांक संकलन नियमित बन्न सकेको छैन ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको एक स्टेसन विगत १० महिनायता अवरुद्ध छ भने शंखपार्कको स्टेसन एक महिनादेखि अवरुद्ध छ । त्यसै गरी पोखराका ३ स्टेसन पनि विगत एक महिनादेखि सञ्चालन हुन सकेका छैनन् । उपकरण नियमित अपडेट ‘क्यालिब्रेसन’ गर्ने क्रममा ४ वटा स्टेसन अवरुद्ध भएको र कीर्तिपुर स्टेसनका ब्याट्री र उपकरण चोरी भएकाले सञ्चालन हुन नसकेको वातावरण विभागले जनाएको छ ।

पोखराका ३ वटै स्टेसनका उपकरण क्यालिब्रेसनका लागि एक महिनाअघि नै काठमाडौं ल्याइएको र बढीमा २÷३ दिनभित्रमा सकिनुपर्ने क्यालिब्रेसन प्राविधिक अभावमा हुन नसकेको विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्