चमेलीमा दिलिप र केकीको रोमान्स झल्कियो (भिडियो सहित)



११ साउन २०७५, काठमाडौं

नायक दिलिप रायमाझी र नायिका केकी अधिकारीले पहिलोपल्ट म्युजिक भिडियो मार्फत स्क्रीन सेयर गरेका छन् ।

नरेश गौतमको स्वर रहेको आधुनिक गीतको म्युजिक भिडियोमा गीतकार नारायण भारतीले केकी र दिलिपलाई यस्तो अवसर जुराइदिएका हुन् ।

अमेरिकामा बसोबास गरिरहेका गीतकार भारतीले रचना गरेको ‘चमेली’ गीतको म्युजिक भिडियोमा केकी र दिलिपको जोडीलाई आकर्षक देखाउने काम गरेका छन् निर्देशक विशाल भण्डारीले ।

चमेलीको म्युजिक भिडियो यूट्युबमा अपलोड भएको दुई दिनमै दुई लाख भन्दा बढि पटक हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्