त्रिविका उपकुलपतिसहित ४३ जनालाई दुई महिनाभित्र कारबाही



११ साउन २०७५, काठमाडौं

चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पुर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिस बमोजिक कारवाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ ।

पुर्वाधार नपुगेका मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिन सिफारिस गरेको र दिएको आरोप आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीलाई बर्खास्त गर्न र भविष्यमा सरकारी लाभका पदमा नियुक्ति नगर्न सिफारिस गरेको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्