बुगीवुगीका प्रतिस्पर्धी सरोज मोक्तान ८ महिनापछि घर पुग्दा रोईन् आमा



हजारौ प्रतिस्पर्धीलाई पछि पार्दै टप ३ मा पुग्न सफल सरोज घर पुग्दा सबैले निकै राम्रोसँग उनको स्वागत गरेका थिए । छोरा आज यो स्थानसम्म आइपुगेको देखेर सरोजका आमाबाबुले गहँभरि आँशु पार्दै छोराप्रति निकै गर्व रहेको बताए ।

१० साउन २०७५, काठमाडौँ

नेपालको चर्चित रियालिटि शो बुगी वुगी को टप ३ मा पर्न सफल प्रतिस्पर्धा सरोज मोक्तान करिब बुगी वुगी का ८ महिनाको लामो यात्रापछि आफ्नो घर पुगेका छन् । सायद धेरै पछि छोरा घर आएकोले सरोजका आमा बाबुले छोरालाई देख्दा खुसीको आँशु खसाले ।

सरोज पनि आफ्नो आमाबुबालाई भेट्दा निकै खुसी देखिन्थे । हजारौ प्रतिस्पर्धीलाई पछि पार्दै टप ३ मा पुग्न सफल सरोज घर पुग्दा सबैले निकै राम्रोसँग उनको स्वागत गरेका थिए । छोरा आज यो स्थानसम्म आइपुगेको देखेर सरोजका आमाबाबुले गहँभरि आँशु पार्दै छोराप्रति निकै गर्व रहेको बताए ।

सरोजका आमाबाबु भन्छन् छोरा यहाँसम्म आईपुग्नु नै हाम्रो लागि एकदमै खुसीको कुरा हो । चाहना त छोराले जितोस् भन्ने नै रहेको छ तर जितेन भनेपनि सरोज हाम्रो लागि जिते बराबर नै हो ।

धेरैपछि धर पुग्दा सरोजले आफ्ना छरछिमेकसँग पनि भेटघाट गरे । सबैका प्रिय सरोज आफू हुर्केको ठाउँमा पुगेर सबैलाई भेट्न पाउँदा निकै हर्षित देखिन्थे ।

सरोजका आमाबाबु भन्छन् छोरा यहाँसम्म आईपुग्नु नै हाम्रो लागि एकदमै खुसीको कुरा हो । चाहना त छोराले जितोस् भन्ने नै रहेको छ तर जितेन भनेपनि सरोज हाम्रो लागि जिते बराबर नै हो । ८ महिनासम्म छोराबिना बस्न गारो भएको थियो तर आज छोरा यो स्थानसम्म आइपुगेर आफूलाई भेट्न आएकोमा धेरै खुसी लागेको बताउँदै सरोजकी आमा रोइन् ।

आफूलाई आजसम्म यति धेरै भोट र माया दिएकोमा सम्पूर्ण दर्शकलाई धेरै धन्यवाद

साथै छोरालाई यति धेरै भोट गरेर यो स्थानसम्म ल्याउनु हुने सम्पूर्णलाई उनले धन्यवाद पनि प्रकट गरिन् । ८ महिनासम्म आमा बाबाको हातको खाना धेरै सम्झेको बताउँदै सरोजले अब ८ महिनापछि आमाबाबाको हातको खाना खान आफू एकदमै उत्साहित रहेकोे बताए ।

८ महिनासम्म छोराबिना बस्न गारो भएको थियो तर आज छोरा यो स्थानसम्म आइपुगेर आफूलाई भेट्न आएकोमा धेरै खुसी लागेको बताउँदै सरोजकी आमा रोइन् ।

बुगी वुगी कोे यात्रा सरोजको लागि सजिलो थिएन । तरपनि परिवारको साथ र कडा मेहेनतका कारण आज उनी को टप ३ मा पर्न सफल भएका छन् । अन्त्यमा उनले आफूलाई आजसम्म यति धेरै भोट र माया दिएकोमा सम्पूर्ण दर्शकलाई धेरै धन्यवाद दिदैं अब आफूलाई विजेता बनाउनको लागि पनि धेरै भोट गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्