
‘सायद म’ को शब्द, स्वर र संगीत रहेको नयाँ गीत ‘ए पियारी’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा भर्खरै माया बसेको प्रेमीकालाई छोडेर विदेश जानु परेको पीडालाई उतारिएको छ । गीतमा प्रवीण राई र सान्ना गुरुङको अभिनय देख्न सकिन्छ ।
राकेश गुरुङको शब्द संयोजन रहेको गीतको भिडियोेको निर्देशन सायद म र सुजन श्रेष्ठले गरेका हुन् ।





