
१० साउन २०७५, काठमाडौं
विगत ५ वर्षदेखि छायाँछवि क्रियशनले गर्दै आएको छायाँछवि तीज म्युजिक अवार्डको ५ औँ सस्करणको लागी तीज गीत दर्ताको लागी सार्वजानिक रुपमा आब्हान गरेको छ।
तीजका अवसरमा करिव ८ सयदेखि १ हजारसम्म तीज गीतहरु सार्वजानिक हुने गरेका छन्। हिन्दु नारीहरुको महान चाडको रुपमा लिइने तीजमा आफ्नो सास्कृतिक पक्षलाई उजागर गर्दै मन भित्रका वेदना, पीडा, उमङ्ग, खुशी तथा अनेक भावनाहरुलाई गीत मार्फत प्रस्तुत गर्ने चलन रहेको छ।
त्यसैले ति नै तीज गीतका स्रष्टा र सर्जकहरुलाई सम्मान र प्रोत्साहन गराउन उक्त अवार्डको कार्यक्रम ल्याएको छायाँछवि क्रियशनकी संयोजक गीता अधिकारीले जनाइन।
छायाँछवि क्रियशनकी अध्यक्ष शान्तिप्रियले आगामी भदौ २५ गते काठमाडौंमा हुने यो ५ औँ तीज गीत म्युजिक अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा तीज गीतका स्रष्टा र सर्जकहरुलाई पुरस्कृत र सम्मान गरिने पनि बताइन।





