कति छ सरकारको सम्पत्ति ?



१० साउन २०७५, काठमाडौं

नेपाल सरकारसँग देशभित्र र बाहिर कति सम्पत्ति छ भन्नेबारे जानकारी स्वंम सरकारलाई समेत छैन ।

सरकारसँग भएको कुल सम्पत्तिको अहिलेसम्म मुल्यांकन पनि भएको छैन ।

यो जिज्ञासाको समाधान गर्न अब सरकारी सम्पत्तिको एकीकृत अभिलेख राखिने भएको छ ।

सोही प्रयोजनका लागि मापदण्ड बनाउन मालेखा नियन्त्रक कार्यालयले एक कार्यदल गठन गरी कामसमेत सुरु गरिसकेको महालेखा नियन्त्रक रामकुमार आचार्यले बताए ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।
अहिले जुन सरकारी नियकाको सम्पत्ति हो, उसले मात्र लगत राख्ने परिमाण र मुल्यको सम्पत्ति छ भन्नेबारे सरकारलाई जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्