पदीय रवाफः उडान रोके उपप्रधानमन्त्रीले



१० साउन २०७५, काठमाडौं

सत्तासीन नेताले कतिसम्म पदीय रवाफ देखाउन सक्छन् भन्ने उदाहरण बनेका छन् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव । आजको कान्तिपुरको फ्रन्ट पेजमा यो समाचार छापिएको छ ।

पदकै आडमा उनले मंगलबार काठमाडौंबाट बैंकक उड्नै लागेको थाई विमान झन्डै ४५ मिनेट रोक्न बाध्य पारिदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

यादवले आफू विमानस्थल पुग्न ढिलो भएपछि थाई एअरवेजका कर्मचारीलाई दबाब दिएर उडान ४५ मिनेट पछाडि सार्न लगाएको विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले बताए ।

ती अधिकारीका अनुसार यादव मंगलबार हतारहतार कूटनीतिक राहदानी (रातो पासपोर्ट) बनाएर बैंकक जाने तयारीमा थिए । विमान बिहान ११ः३० मा काठमाडौंबाट उड्ने समयतालिका थियो ।

तर, यादवका कारण १२ः१५ मा मात्र उड्यो । ‘यादव विमानस्थल जाने बेला निवासमा राहदानी खोज्दा पाइएन, नयाँ बनाएर जाँदा एअरपोर्ट पुग्न ढिलाइ भएको हो,’ मन्त्रीनिकट स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्