पाँच सहसचिव काम विहीन



१० साउन २०७५, काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५ सहसचिव कामविहीन भएका छन् । उही दर्जाका ६ सहसचिवमध्ये मन्त्रालयले १ जनालाई मात्र जिम्मेवारी दिएर अन्यलाई काम विहीन बनाएको हो ।

नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा तत्कालीन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललाई जिम्मेवारी दिएपछि बाँकी रहेका ५ सहसचिव कामविहीन भएका हुन् ।

आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । केन्द्र गठन भएको १० दिन पुगिसक्दा समेत मन्त्रालयले ती सहसचिवलाई कुनै काम दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्