संयोजक ठाकुरको निर्णयबाट राजपा नेताहरु दुःखी



१० साउन २०७५, काठमाडौं

राष्ट्रिय जनता पर्टी (राजपा) का संयोजक महन्थ ठाकुरले आफूखुसी निर्णय गर्न थालेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् ।

संसदीय दलको नेतामा छनोट भएयता उनले तीन राज्यमन्त्री छान्दा सबैलाई सन्तुष्ट पार्ने नीति भन्दा पनि आफ्नो राजनीतिक नजरमा ठीक ठहर गरेअनुसारको निर्णय गरेको उनीहरुको ठहर छ ।

यसअघि ठाकुरले अध्यक्ष मण्डलका विभिन्न अध्यक्षको भनाइलाई बढी ध्यान दिँदा कतिपय काम समयमा हुन नसकेको पार्टीका एक नेताले बताए । आजको कारोबारमा समाचार छ ।

राज्यमन्त्रीको निर्णयमा सबैको कुरा सुनेर आफ्नो निर्णय गरेकोमा कतिपय नेता छक्क परेको र कतिपय दुखी भएको ती नेताको भनाइ छ ।

संयोजक ठाकुरले राज्यमन्त्रीमा सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मालाई सिफारिस गरी पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्