गायक विनय खत्रीको व्यस्तता, एकैसाथ तीनवटा गीत बजारमा



०८ साउन २०७५, काठमाडौं

‘मायामा पागल’, ‘दिलमा त अर्कैलाई’, ‘आमाको माया’,’रिमिझिमि पानी’ लगायतका थुप्रै चर्चित गीतका गायक विनय खत्रीको सांगीतिक व्यस्तता बढेको छ । हालै मात्र उनी आवद्ध तीनवटा गीत सांगीतिक बजारमा आएका छन् ।

उनको ‘भुरुरु उडेर गयो बरी लै’ बोलको तिज गीत सार्वजनिक भएको छ । जसमा उनलाई गायिका स्मारिका खत्रीले साथ दिएकी छिन् ।गीतमा नेत्र अर्यालको लय तथा शब्द रहेको छ ।

बावु जिम्वावे निर्देशित गीतको भिडियोेमा रविन्द्र थापा र  रिना थापाले  कर्मर मर्काएका छन्  । आशिष जिम्वाले छायाँकन गरेको भिडियोलाई रमित ओलीले सम्पादन गरेका हुन । गायक खत्रीले उक्त गीतलाई मौलिक बनाउने प्रयत्न गरिएको जानकारी दिए ।

गायनमा मात्रै नभएर उनी अभिनयतर्फ पनि सक्रिय हुन थालेका छन् । पछिल्लो समय गायक रामकृष्ण ढकालको आवाजमा रहेको नयाँ आधुनिक गीत “आगो भएछ माया” बोलको गीतमा गायक विनयले अभिनय गरेका छन् ।

गीतकार शंकर अधिकारी घायलको शब्द रचना रहेको गीतमा गीतकार स्यमको सुमधुर संगीत रहेको छ । अस्मित पोखरेल  निर्देशित उक्त गीतको म्युजिक भिडियोमा रविन्द्र थापा , मेनुका र विनयको दमदार अभिनय रहेको छ ।

त्यस्तै उनी आवद्ध “डाँडैमा घर छ” बोलको तीज गीत बजारमा आएको छ । खुमन अधिकारी र कुसुम गुरुङको सुमधुर गीतमा नेत्र अर्यालको शब्द तथा लय सिर्जना रहेको छ । उक्त गीतको बजार व्यवस्थापन गायक खत्रीले गरेका हुन् ।

तीज सकिए लगत्तै उनी एकैसाथ तीनवटा गीत वजारमा ल्याउने जमर्कोमा छन् । गुल्मेली गायक खत्रीले अभिनयमा पनि सक्रिय रहने बताए ।

प्रतिक्रिया दिनुहोस्