कानुनमन्त्री जसलाई मर्यादा थाहा छैन !



०७ साउन २०७५, काठमाडौं

कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

सर्टिफिकेट पाउनका लागि नेपाली चेलीले आफुलाई बेच्नुपरेको टिप्पणी उनले गरेका छन् । त्यो पनि एसइई पास गरेका कलिला विद्यार्थीको बीचमा देशको कानुनमन्त्रीले दिएको यो अभिव्यक्तिले सामाजिक मर्यादाको सम्पूर्ण सीमा नाघेको छ ।

‘म एउटा खुलासा गर्न चाहन्छु, बंंगलादेशमा पढ्न जाने हाम्रा छोरी, चेलीहरूले डाक्टरको सर्टिफिकेट लिन कहीँ न कहीँ आफूलाई बेच्नुपरेको मार्मिक कथा मैले सुनेको छु,’ उनको भनाइ थियो, ‘आफूलाई नसुम्पीकन सर्टिफिकेट पाउँदैनन् ।’

स्वदेशमै मेडिकल शिक्षा अध्ययनको व्यवस्था गर्नुपर्नेभन्दा सरकारविरुद्ध जुलुस निस्कने गरेको मन्त्री तामाङको भनाइ थियो ।,यो खबर आजकोनयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्