जय नेपाल शुशीला दी ! आज विहान देशभरी आगो बलेर घरघरमा भात पाक्यो रे !



शुशीला कार्कीको न्याय, कृष्ण पहाडीको मानव अधिकार, खगेन्द्र संग्रौलाको मार्क्सवाद भन्दा आफ्नो श्रीमान गुमाएर पनि सामाजिक न्यायको लागि जीवन समर्पण गर्ने गोमा देवकोटाहरु, मृत्यूसँग लडने केपी ओली र प्रचण्डहरु सयौँ गुणा विद्वान छन् – जनतालाई पढाउन ।

०६ साउन २०७५, काठमाडौं

पूर्व सम्माननीय प्रधानन्यायाधिस शुशीला कार्कीलाई आफ्नो राजनीतिक रुप देखाउन धेरै समय लागेन । हिजो त्यहि ७/८ पढेको मान्छे क्षमतावान थियो । त्यहि गगन थापा र शेरबहादुर देउवाहरु भ्रष्ट थिए । तर आज वर्ष दिन बित्न नपाउँदै कसरी पवित्र भए ? प्रधानन्यायाधीस भएपछि न्याय सम्पादनमा फरक सिद्धान्त पो प्रतिपादन गर्नु भएछ है !

जनतालाई राम्ररी थाहा छ, विद्यताको मापन गर्ने आधार विश्वविधालयका प्रमाणपत्रहरु नै हुन्थे भने रामशरण महत, मिनेन्द्र रिजाल, प्रकाश शरण महत, शेखर र शशांक कोईरालाहरु राष्ट्र र जनताबाट अनुमोदित हुन्थे ?

डा. भगवान कोईराला जस्ता डाक्टरलाई रुवाउँदै टिचिङ्ग हस्पिटलबाट खेदाउने केसीको वास्तविक रुप उनको नेतृत्वमा रहेको हाडजोर्नी विभागको विजोगले नै प्रष्ट्याउँछ ।

मेरो एकजना साथीले भन्ने गथ्र्याे, वर्षौ चुप लागेर बस्ने कांग्रेसहरु चुनावको बेलामा वर्षाको समयमा निस्कने भ्यागुता जस्तै गरी निस्किन्छन बा ! अर्को साथीले भन्यो काँग्रेसलाई चिन्न उनीहरुलाई संकट पर्नुपर्छ । पूर्व सम्ममाननीय ज्यू, कृषि प्रधान देशमा अझै पनि करोडौं मानिसहरु दाउरामा नै भात पकाएर खान्छन । दाउरा नै नभएपनि ग्यासमा खाना पकाउन देशभर प्रत्येक दिन आगो बल्छ ।

यो आरोप होइन वास्तविकता हो, कांग्रेसको अन्तिम हतियार गोविन्द केसी हुन् । कांग्रेसका धेरै चुनावी अभियानमा उनी प्रत्यक्ष सहभागी छन् । गरिब जनताको नाममा उनी कांग्रेसी साहुहरू पोस्न व्यस्त छन् ।

डा. भगवान कोईराला जस्ता डाक्टरलाई रुवाउँदै टिचिङ्ग हस्पिटलबाट खेदाउने केसीको वास्तविक रुप उनको नेतृत्वमा रहेको हाडजोर्नी विभागको विजोगले नै प्रष्ट्याउँछ । सरकारी छात्रवृत्तिमा पढेर आएपछि अनिवार्य रुपमा ग्रामीण क्षेत्रका अस्पतालमा काम गर्नैपर्छ तर उनले शिक्षण अस्पताल आएदेखि काठमाण्डौ बाहिर नगई गरिव जनताले सेवा पाउने त्रिवि शिक्षण अस्पतालाई राजनीतिक थलो बनाएका छन् । अरु डाक्टरलाई सरकारी अस्पतालको नियम लाग्ने भएकोले चाहेर पनि विपद्को समयमा सेवा गर्न फिल्डमा जान पाउँदैनन तर शुरु देखि नै राजनीतिक आडमा कसैलाई नटेर्ने केसी भने मन लागेपछि हिडिहाल्छन, अस्पताल श्रोतले भन्यो ।

अस्पतालमा आफ्नो जिम्मेवारी पनि पुरा गर्नु नपर्ने अनि अलि दुःख गरे जस्तो देखेपछि मिडियामा छाईहाल्ने कारण पनि उनको राजनीति फस्टाएको एक डाक्टरले बताए ।  उनका अनुसार केसीको आन्तरिक छवि समाजमा आउने हो भने उनको भजन गाउनेहरु नै उनलाई खेदाउन थाल्छन् ।

मध्यम वर्गीय जनताले समेत आफ्ना छोराछोरी पढाउन सक्ने गरी मनमोहन शिक्षण अस्पतालले ३० लाखमा नै डाक्टर उत्पादन गर्ने लक्ष्य राखेको छ ।  अहिले संचालनमा रहेका मेडिकल कलेजहरुले डाक्टर उत्पादन गर्न कम्तीमा ६० लाख देखि १ करोड सम्म शुल्क असुल्ने गरेका छन् ।  मनमोहन अस्पताललाई स्वीकृति दिँदा अहिले कांग्रेसी लगानीकर्ताले संचालन गरेका धेरै मेडिकल कलेजहरु बन्द हुनेछन् वा उनीहरुले पनि शुल्क घटाउन बाध्य हुनेछन् ।

डा. गोविन्द केसीका सबै मागहरु नराम्रा छैनन् तर आजसम्म काँग्रेसका समर्थकहरुले मात्र खोलेका कलेजहरु भन्दा अरु कलेजहरु खोलिनु हुँदैन भन्ने मागमा सरकार विरुद्धको आन्दोलन केन्द्रित भएको छ । सामान्य जनतालाई पनि थाहा छ, नेपालमा संचालित सबै मेडिकल कलेजहरु काँग्रेस समर्थक वा भारतीयहरुको लगानीमा मनोमानी शुल्क लिएर संचालन भएका छन् । हेर्नुहोस शिक्षण हस्पिटलका मालिकहरुको विवरण :

नेपालको राजनीतिक ईतिहासमा सबै भन्दा निष्कलङ्क प्रधानमन्त्री मनमोहन अधिकारीको नामबाट सामुहिक लगानीमा संचालित अस्पतालमा करिब ७ अर्व भन्दा बढी सामुहिक लगानी भै सकेको छ । मध्यम वर्गीय जनताले समेत आफ्ना छोराछोरी पढाउन सक्ने गरी मनमोहन शिक्षण अस्पतालले ३० लाखमा नै डाक्टर उत्पादन गर्ने लक्ष्य राखेको छ ।  अहिले संचालनमा रहेका मेडिकल कलेजहरुले डाक्टर उत्पादन गर्न कम्तीमा ६० लाख देखि १ करोड सम्म शुल्क असुल्ने गरेका छन् ।  मनमोहन अस्पताललाई स्वीकृति दिँदा अहिले कांग्रेसी लगानीकर्ताले संचालन गरेका धेरै मेडिकल कलेजहरु बन्द हुनेछन् वा उनीहरुले पनि शुल्क घटाउन बाध्य हुनेछन् । भोलिका दिनमा असजिलो नपरोस भनेर काँग्रेसी लगानी र उक्साहटमा अनसन बसेका गोविन्द केसीलाई १०० प्रतिशत मान्नै पर्ने आधार के ?

शुशीला कार्कीको न्याय, कृष्ण पहाडीको मानव अधिकार, खगेन्द्र संग्रौलाको मार्क्सवाद भन्दा आफ्नो श्रीमान गुमाएर पनि सामाजिक न्यायको लागि जीवन समर्पण गर्ने गोमा देवकोटाहरु, तिमीहरुले आफूलाई स्कूल र क्याम्पसका पाठ्य क्रममा केन्द्रित गर्दै गर्दा निरंकुशताको विरुद्धमा शंख घोष गर्ने टंक कार्कीहरु र तिमीहरु आफू र आफ्नाको चिन्ता गर्दै कमाउ धन्दामा लाग्दै गर्दा मृत्यूसँग लडने केपी ओली र प्रचण्डहरु सयौँ गुणा विद्वान छन् – जनतालाई पढाउन ।

प्रतिक्रिया दिनुहोस्