
गायक सुनिल गिरीले आफ्नो जन्मदिनको अवसर पारेर ‘बाजेले भन्थे’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्।
गायक गिरिकै शब्द र संगीत रहेको गीतमा निराजन प्रधान र मनिषा श्रेष्ठले रोमान्स गरेका छन् । पोखरा र धम्पुसका रमणीय स्थानमा खिचिएको उक्त गीतलाई अनिल के मानन्धरले निर्देशन तथा छायाङ्कन गरेका हुन् ।





