‘मिस्टर भर्जिन’को आइटम गीतमा छुल्ठिमको ठुम्का (भिडियो)



चलचित्र ‘मिस्टर भर्जिन’को  ‘पैसा फेक तमाशा देख’ बोलको आइटम गीत  सार्वजनिक गरिएको छ । नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको उक्त आइटम गीतमा छुल्ठिमका साथै नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बरालले पनि कम्मर भाँचेका छन् ।

उक्त गीतमा शशि रावल र राजेन्द्र भट्ट (मिस्टर आर. जे.)को आवाज रहेको छ भने संगीत पनि गायक आफैले भरेका छन् । गीतका शब्द टुरिस्ट जङ बि.केले लेखेका हुन् भने गीतलाई एरेन्ज मोहित मुनालले गरेका हुन् । गीतमा दिपक याम सिंहको नृत्य निर्देशन रहेको छ ।

 

विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’ यही भाद्र १ गते प्रर्दशनमा आउने तयारीमा रहेको छ । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्