आखाँमा पट्टी बाँधी सबैकुरा चिन्न र भन्न सक्ने अविरल पोखरेल (भिडियो सहित)



०३ असार २०७५, काठमाडौं

नेपालमा एउटा यस्ता बालक भेटिएका छन् । जो सगँ एकदमै अद्भुत कला छ । उनी आखाँमा पट्टी लगाएर सबैकुरा चिन्न र भन्न सक्छन् । उनी हुन् अविरल पोखरेल । अहिले आफ्नो कलाका कारण निकै चर्चामा रहेका अविरलले सबैलाई चकित बनाएका छन् ।

आखाँमा पट्टी बाधेर उनी मोबाईलका फोटोदेखि लिएर पैसामा लेखिएका नम्बरहरु समेत सजिलै भन्न सक्छन् । यी बालकले नेपालका प्रतिष्ठित सबै व्यक्तिहरुलाई बन्द आखाँले पनि सजिलै पत्ता लगाए । त्यति मात्र नभएर विभिन्न विभिन्न कलरहरु देखाँउदा पनि उनलै चिने । साच्चै नै यी बालकसगँ कसैसँग नभएको प्रतिभा छ । उनी हेर्दा निकै साना छन् तर उनको कला तारिफ गर्न योग्य छ । उनी आखाँ नहेरि छामेर मात्र होइन यत्तिकै महशुस गरेर पनि उनको अगाडी केटा छ कि केटी भनेर थाहा पाउन सक्छन् ।

हाल कक्षा ६ मा अध्ययनरत अविरल आफूले कक्षा ५ मा पढ्दादेखि यस्तो गर्न थालेको बताउँछन् । उनी भन्छन् धेरै ध्यान गरेर मात्रै यो सब गर्न सक्छु ।

प्रतिक्रिया दिनुहोस्