
२ साउन २०७५, काठमाडौं
चर्चित पत्रकार ऋषि धमलाको बारेमा बनेको “ऋषि धमला” बोलको समसामयिक गीत चर्चा बटुल्दै बजारमा आएको छ। सन्तोष देउजाको शब्द र संगीत रहेको उक्त गीतमा राधिका हमाल र प्रदिप थपलियाको स्वर रहेको छ।
https://youtu.be/gYC2xN1Byvs
अन्जली अधिकारी र ऋषि धमला आफैले अभिनय गरेको गीतमा प्रकाश भट्टले निर्देशन गरेका छन्। विष्णु शर्माको सम्पदान अनि राजेश घिमिरेले छायांकन गरेका छन्।
कर्पोट मिडिया प्रा. लि. को प्रस्तुति र हाइलाइट नेपालको युटुब च्यानलबाट सार्वजानिक गरिएको गीतले २ दिन भित्रै २० हजार भन्दा बढी भ्युअर बटुल्न सफल बनिसकेको छ।





