मंगलबारदेखि उपत्यकाको सबै हलहरुमा बक्स अफिस प्रणाली लागु



२ साउन २०७५, काठमाडौं

मंगलबारदेखि उपत्यकाको सबै हलहरुमा बक्स अफिस प्रणाली लागु भएको छ। नेपाल निर्माता संघ, नेपाल चलचित्र संघ तथा विभिन्न सरोकारवाला पक्षसँग भएको छलफलपछि १७ बुँदे सहमति भएको हो।

कुन हलबाट कति टिकट बिक्रि भयो भन्ने आधिकारिक तथ्यांक बक्स अफिसबाट लिन सकिन्छ। त्यसैले चलचित्र क्षेत्रको वास्तविक कमाइको एकीकृत विवरण देखाउने प्रणाली बक्स अफिस हो। सफ्टवेयरमार्फत सर्भरमा लिङ्क गराउदै सम्पूर्ण हलमा यसले तथ्यांक संकलन गर्छ।

अब सिनेमा हलले प्रदर्शन गर्ने फिल्मको ट्रेलर, ब्यानर,पोष्टर, र स्ट्याण्डीसमेतको प्रचार सामग्रीको दुई हप्तासम्म निशुल्क सेवा दिनुपर्ने र हलमा लागेका फिल्मको टिकट डर तोक्ने सम्झौता निर्माता, वितरक र हाल संचालाक्बिच भएको त्रिपक्षीय सहमतिमा भएको छ।

मल्तिप्लेक्सले सेयरको रकम प्रत्येक हप्तामा फिल्ममा प्रदर्शन पश्चात वितरकले भ्याट बिल जारी गरेको दुई हप्ता भित्रमा अनिवार्य रुपमा भुक्तानी गरिसक्नुपर्ने भएको छ। एउटा मात्र हाल भएको खण्डमा फिल्म उत्रेको दुई हप्ता भित्रमा भुक्तानी गराइसक्नु पर्नेछ। भुक्तानी नभएका निर्माता संघ र चलचित्र संघको संयुक्त कार्यदलले गरेको निर्णय अनुसार बिगो सहित कारबाही गरिने समेत सम्झौता भएको छ।

प्रतिक्रिया दिनुहोस्