सांसद पद निलम्बन माग्दै सर्वोच्चमा रिट



३२ असार २०७५, काठमाडौं

प्रतिनिधिसभा नियमावली २०७५ मा फौजारी मुद्धामा अभियाोग लागेका सांसदको सदस्यता निलम्बन नगरिने भनी राखिएको प्रावधान संविधानविपरीत रहेको दाबीसहित सर्वोच्च अदालतमा आईतबार रिट दर्ता भएको छ ।

अधिवक्ता रामचन्द्र आरसी गौतम र लोकेन्द्रबहादुर ओलीले सर्वोच्च अदालतको असाधारण अधिकारअन्र्तगत नियमाावालीको नियम २४४, ३ र ४ को व्यवस्था असंवैधानिक भएकाले तत्काल बदर गरी पाउँ भनी सर्वोच्चमा रिट गराएका हुन् ।,यो खबर आजकोनागरिकदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्