
नायक सलमान खान उमेरले ५० नाघिसक तर पनि अविवाहित नै छन् । उनको प्रेमिकाको लिस्ट लामै छ । संगीता बिजलानी, ऐश्वर्या राय बच्चन, कट्रिना कैफ जस्ता अभिनेतृहरू उनको जीवनमा आए पनि उनले विवाह गरेनन् । उनलाई चाहनेहरू उमेरमा उनीभन्दा आधा कम र आधाभन्दा पनि कमका युवती छन्, जो खान भनेपछि मरिहत्ते गर्छन् ।
बलिउडका टेलिभिजन कार्यक्रमहरूमा युवतीहरू उनलाई प्रेम प्रस्ताव राखिरहेका र सलमान भने लाज मानिरहेका तथा जवाफमा मुस्कुराइरहेका देखिन्छन् । यस्तै उनीसँग विवाह गर्न चाहने एक बलिउड अभिनेतृ रहेकी छिन्, जो उमेरले मात्र २४ वर्षकी हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार २४ वर्षीया उर्वशी रौतेलाले एक अन्तर्वार्ताका क्रममा आफूले नायक सलमान खानसँग विवाह गर्न चाहेको बताएकी हुन् । हेट स्टोरी–४ कि यी नायिकाले चर्चामा आउनका लागि पनि यस्तो भनेकी हुन सक्छिन् । सुन्दरी भएर पनि हिजोआज उनी खाली हात बसिरहेकी छन् ।
फिल्म बाबिलमा सारा जमाना बोलको आइटम गीतका कारण चर्चामा आएकी उनले फिल्मबाट भने चाहेजस्तो सफलता पाउन सकेकी छैनन् । उनी बलिउडमा राम्रो फिल्मको अफरको प्रतिक्षामा छिन् ।





