
२७ असार २०७५ ,काठमाडौं
संगीतकार अर्जुन पोखरेलको संगीत र तारा लावतीको स्वरमा रहेको ‘यो जोवन ‘ बोलको गीत सांगीतिक बजारमा आएको छ। सुमन बैरागीको शब्द रहेको यो गीतमा संगीतकार पोखरेलले नै संगीत संयोजन गरेका छन्।
द डिभाइन म्युजिकको युत्युब च्यानलबाट सार्वजानिक भएको गीतमा पछिल्लो समयकी हट नायिका वर्षा सिवाकोटीको मोहित अभिनय देख्न सकिन्छ। गीतमा बर्षासँग नायक यम राजाले रोमान्स गरेको देख्न सकिन्छ ।
ज्ञानेन्द्र शर्माले छायांकन गरेको गीतको भिडियोलाई माइकल चन्दले कोरियोग्राफ गरेका हुन् भने निशान घिमिरेले सम्पदान गरेका छन्।





