मनोज साङ्सोनको किन हो किन चर्चा बटुल्दै



२६ असार २०७५ ,काठमाडौं

टिकाराम बादिहाङको शब्द तथा गायक तथा संगीतकार मनोज साङ्सोन राईको संगीतमा रहेको एक फरक स्वादको गीत किन हो किन सार्वजानिक भएको छ । गायनमा भन्दापनि पछिल्लो समय संगीतमा बढी देखिन थालेका मनोजको संगीतमा रहेको यो गीतमा डि प्रतिमा बि.क.को स्वर सुन्न सकिन्छ ।

फो वान रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यो गीतलाई मनोज आफैले संगीत संयोजन गरेका छन् भने सन्दिप वान्तवाले रेकर्डिङ्ग र मिक्सिङ्ग गरेका छन् । मनोज साङ्गसोनको आफ्नै युटुब च्यानलबाट गीतको भिडियो सार्वजानिक भएको छ ।

किन हो किन यत्ति धेरै माया गरेछु, विश्वासघात गर्दा पनि तिम्रै भर परेछु जस्ता आशावादी प्रेमिल शब्दले भरिएको गीतको स्टुडियो भिडियो पनि सार्वजानिक भएको छ । मोहन कुमारले खिचेको भिडियोमा अनिल कुमार महर्जनले इडिट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्