टिजरमा यस्तो देखियो ‘मिस्टर भर्जिन’



२५ असार २०७५,काठमाडौं

चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति भाद्र १ गतेलाई तय गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचर छन् ।तीन युवाको यौन मनोविज्ञानको कथालाई  देखाउन खेजेको ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् ।

चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्