
१५ असार २०७५, काठमाडौँ
धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डन’मा ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा उनीहरुको जोडी निकै नै सुहाएको देखिन्छ ।
लभ स्टोरी जनरामा बनेको चलचित्रलाई रेनेशा बान्तावानले निर्देशन गरेकी हुन् । चलचित्रको धेरै जसो छायाँकन लण्डनमा गरिएको छ ।





