
यदि शहरका प्रशिद्धि पाएका ज्योतिषहरुको भविष्यवाणीलाई मान्ने हो भने बलिउडका सुपरस्टार अमिताभ बच्चनकी नातिनी तथा विश्व सुन्दरी बलिउड नायिका ऐश्वर्याकी छोरी आराध्यायको भविष्य राजनीतिमा निकै उज्वल रहेको छ ।
हैदवारका ज्योतिष डि ग्यानेश्वरले केही समय अगाडि पत्रकार सम्मेलन गरी आराध्यायको भविष्यवाणी गरेका थिए । आराध्यायको नाम परिवर्तन गरेर रोहनी राख्ने र भारतिय प्रधानमन्त्री बन्न इच्छाउने भविष्यवाणी गरेका छन् ।
हैदरवारका ज्योतिष डि ग्यानेश्वरले धेरै भविष्यवाणी मिलाएका छन् । उनले यो भन्दा अगाडि कलाकार चिरन्जिबी र रजनिकान्तको राजनीतिमा प्रवेष गर्ने र आन्द्र प्रदेशमा काग्रेसको पुनरागमनको भविष्यवाणी गरेको मिलेको दाबी गरेका थियो ।





