
१४ असार २०७५, काठमाडौँ
नेपालका लोकप्रिय नायक प्रदिप खड्काद्धारा अभिनय रहेको चलचित्र रोजीको ट्रेलर फेसबुकमार्फत सार्वजनिक गरिएको छ ।
टीजरमा प्रदीपले आफ्नी प्रेमिका रोजी उर्फ परमिता आरएल राणामाथि गोली चलाएका छन् । प्रदिपले टीजरको अन्तिममा भनेका छन् ’मैले उसलाई मारेको होइन, मुक्ति दिएको हुँ । मलाई ऊबाट र उसलाई यो संसारबाट ।’
टीजरमा प्रदीप ग्यांगस्टार लुक्समा प्रस्तुत छन् । उनको यो लुक्सले फिल्मप्रति दर्शकमा थप उत्सुकता जगाएको छ । यो फिल्म रोजी महर्जनको हत्या प्रकरणमा आधारित रहेको चर्चा छ ।
रोजीका आमा(बुबाले आफ्नो छोरीको नाम र हत्याको घट्नामा फिल्म बनाउन नदिने भन्दै पटक(पटक ‘रोजी’ टिमसँग छलफल गरिरहेका छन् । निर्माण टिम भने उक्त फिल्म रोजीको हत्या प्रकरणमा आधारित नभएको दाबी गर्दै आइरहेको छ ।
‘रोजी’ को अहिले अन्तिम चरणको छायांकन भइरहेको छ । निरक पौडेल निर्देशित यस फिल्ममा कर्मा शाक्य, मिरुना मगर, पल्पसा डंगोललगायतका कलाकारहरुको पनि अभिनय छ । टीजरमा फिल्मको प्रदर्शन मिति राखिएकोे छैन ।
गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बनिरहेको फिल्मको प्रस्तुतकर्तामा उद्धव पौडेल रहेका छन् । यसको कथा केदार भुषालले लेखेका हुन् ।





