
१३ असार २०७५, काठमाडौं
विश्वकै सर्वाेच्च शिखर सगरमाथा चढेर हजारौंले अनेकौं किर्तिमान राखिसके । धेरैजसोले आफ्नो देशको झण्डा शिखरमा र्पुयाएर फहराउने गर्छन् तर झापाका आरोही अनिश लुईटेलले नेकपाका अध्यक्ष प्रचण्डको तस्वीर पुर्याएर नयाँ रेकर्ड कायम गरेका छन् ।

२०७२ वैशाख ३१ गते तिब्बती मोहडाबाट सगरमाथा आरोहण गरेका लुईटेलले प्रचण्डको तस्वीर सगरमाथा शिखरमा पुर्याएका थिए । साथमा उनले नेपालको संविधान २०७२ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट लिई सो संविधान समेत शिखरमा पुर्याएका थिए ।

स्रोतका अनुसार नेपाल स्काउटको तर्फबाट सगरमाथा आरोहण गर्ने लुईटेल पहिलो नेपाली समेत हुन् । तिब्बती मोहडाबाट सगरमाथा चढेको कारण उनी नेपाली मिडियाहरुमा छाउन सकेका थिएनन् ।

‘म आरोहणबाट फर्किए लगत्तै संयुक्त रुपमै सार्वजनिक गर्ने नेता उहाँको इच्छा थियो,’ आरोही लुईंटेलले भने, ‘तर उहाँको व्यस्तताले गर्दा पत्रकार सम्मेलन गर्न सकिएन र उनको अनुमतिले अहिले सार्वजनिक गरेको हुँ ।’ आरोहण जानुअघि प्रचण्डलाई भेट्ने क्रममा दुवैजनाको इच्छा अनुसार नै तस्बीर र झण्डा लगेको उनले बताए ।





