यही वर्षभित्र २ लाख युवालाई स्वदेशमै रोजगारी, बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य हुँदै : मन्त्री बिष्ट



१२ असार २०७५, काठमाडौं

गुल्मीको धुर्कोट गाउँपालिकामा सहिद पार्कको शिलन्यास गर्न पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यही वर्षभित्र २ लाख युवालाई स्वदेशमै रोजगार दिने बताएका छन् ।

साथै मन्त्री विष्टले पछिल्लो समय श्रम र रोजगारको क्षेत्रमा ठूलो चुनौतिका बीचमा पनि महत्पूर्ण योजना र निर्णयहरु भएकाले केही समयमै पूर्ण कार्यान्वयन गरिने बताए ।

कार्यक्रममा मन्त्री विष्टले भने ‘अझै पनि गाउँ र घरको मायालाई पैतलामुनि राखेर धेरै युवा परदेशमा श्रम बेचिरहेका छन्, पाचँ बर्षभित्र बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौँ ।’

उनले स्वदेशमा रोजगारको पूर्ण ग्यारेन्टी नहुँदासम्म विदेशमा रहेका कामदारहरुलाई ढुक्क र सुरक्षित भएर काम गर्ने ब्यवस्था मिलाउने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्