महानगरपालिकाले तोक्यो पार्किङ शुल्क (सूची सहित)



१२ असार २०७५, काठमाडौं

महानगरले आइतबार नगरसभामा प्रस्ततु गरेको आर्थिक विधेयकमा महानगरभित्र तीनवटा क्षेत्र निर्धारण गरी सडक छेउछाउमा पार्किङ्ग शुल्क निर्धारण गरेको छ ।

महानगरले दुई पांग्रे, चार पांग्रे र त्यो भन्दा माथिका साधनको लागि एक घण्टाको दरले लाग्ने फरकफरक शुल्क तोकेको छ । कुनै पनि सडकको २५ प्रतिशतभन्दा बढी भाग नओगट्नेगरी पार्किङ क्षेत्र निर्धारण गरी निजी क्षेत्र वा आफैंले त्यस्तो व्यवस्था गर्ने महानगरको प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्