अस्पतालः लाईनमा बस्दै बित्छ बिरामीका दिन !



१२ असार २०७५, भरतपुर

पेट दुख्ने समस्या भएका १३ बर्षीय छोरा सुजन लिएर भरतपुर अस्पताल आएकी कालिका नगरपालिका ९ शक्तिखोरकी माया चेपाङले एकै दिनमा उपचार गराउन सकिनन् ।

अस्पतालको टिकट काउन्टरमा लामो लाईन लाग्छ भन्ने थाहा पाएकी उनी विहानै ८ बजे आएकी थिईन् ।

बल्ल बल्ल विरामी छोरो डाक्टरलाई देखाएपछि भिडियो एक्स रे रगत, दिसा र पिसाबको जाँच गर्नुपर्ने भनियो ।

फेरि आधा घण्टा लाइन बसेर उनले डाक्टरभनेका जाच्का लागि रकम बुझाईन ।

प्रयोगशालामा रत, दिसा, पिसावको नमुना दिन र भिडियो एक्सरे गराउन पनि उत्तिकै कुर्नुपर्योे ।

भिड हुन्छ भनेर विहानै लाईनमा आएर बसे पनि सबै रिपोर्ट देखाउन भ्याईएन, मायाले भनिन् एकै दिन सबै रिपोर्ट नआाएकाले केहि रिपोर्ट मात्र डाक्टरलाई देखाउन भ्याए ।

प्रतिक्रिया दिनुहोस्