देउता रिसाउने डरले शिक्षित नै छाउगोठमा



१२ असार २०७५, काठमाडौं

तीन बर्षअघि विवाह गरेर चौकुने गाउँपालिका भाबर आएकी अनिता शर्मा स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छिन् ।

उनलाई महिनावारी हुँदा छाउगोठमा बस्नुहुन्न भन्ने राम्रोसँग ज्ञान छ । तर देउता रिसाउने डरले उनी महिनावारी भएका बेला पाँच दिनसम्म छाउगोठमा सुत्न बाध्य छिन् ।

खुल्ला र एकान्त ठाउँमा बनाईएको सानो झुपडीमा रात विताउनुपर्दाको पीडा शब्दमा व्यक्त गर्न नसकिने उनले भनिन्, ‘छाउगोठमा सुत्दा पाँच दिन पाँच बर्षजस्तो लाग्छ ।’

भाबरमा अहिले ५३ घरधुरीमा ९० को हाराहारीमा महिनावारी हुने महिलाको संख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्