झापाका १४ बर्षिय बालकले बनाए ‘एन्टी ह्याकिङ सफ्टवेयर’, गुगलले किन्यो ३० लाखमा



०७ असार २०७५, काठमाडौँ

रेमन प्रसाई उमेरले जम्मा १४ बर्षका भए उनको काम कुनै ठूलो मान्छे वा पाको मान्छेको भन्दा कम छैन । प्रसाईले बनाएको एन्टी ह्याकिङ सफ्टवेयर गुगलले ३० लाख रुपैयाँ दिएर किनेको छ ।

दमकको सिद्धार्थ बोर्डिड स्कुल कक्षा-९ मा अध्ययरत रेमनले  घरैमा कम्प्युटर चलाउँदै गर्दा अनलाईनमा आएका विभिन्न कुरा सिक्दै जादा कति आइडिया त्यहींबाट सिकेर यो सफ्टवेर बनाएको प्रतिक्रिया दिएका छन् ।

सफ्टवेयर बनाएपछि गुगलमा अनलाइनबाट नै पठाएको र गुगलले परीक्षणका लागि विभिन्न प्रकृयाहरू पूरा गरेर अन्तत रेमनले ३० लाखमा बेचेका हुन् । सात महिनासम्म निरन्तर मेहनत गरेर बनाएको सफ्टवेयरको नाम उनले ‘रेमेक्स’ राखेका छन् ।

सफ्टवेयरले महत्त्वपूर्ण दस्तावेज तथा सुचनाहरूको गोपनियतालाई रक्षा गर्ने बताए । संसारभर बनिएका ह्याकिङ् ‘ट्रिक्स’भन्दा रेमेक्स सफ्टवेयर बलियो भएकै कारण गुगलले पत्याएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्