मसँग अमेरिकी पासपोर्ट त के भिषा पनि छैन : रवि लामिछाने



०७ असार २०७५, काठमाडौं

चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछानेमाथि लागेको गम्भीर आरोपको बारेमा रविले मुख खोलेका छन् ।

लामिछानेले अवैधानिक रुपमा काम गरिरहेको भन्ने उजुर परेपछि रविको भिषाको बारेमा प्रेस काउन्सिलले अध्यागमन विभागसँग तत्काल जवाफ मागेको थियो । विभागले पनि तत्काल काउन्सिललाई जवाफ लेख्दै रवि आगमी अक्टोबर ४ सम्म नातेदार भिषामा नेपाल बसेको र यो भिषामा उनले केही गर्न नपाउने जवाफ सहितको पत्र पठाएको थियो ।

उक्त पत्र काउन्सिलमा प्राप्त भएसँगै विभिन्न संचार माध्यमहरुमा प्रकाशन र प्रशारण भएको थियो । यहि कारणले अब रविले जेल सजाय भोग्नु पर्ने साथै देश निकाला गर्नुपर्ने सम्मको हल्ला चल्न र चलाउन थालेपछि रविले फेसबुक मार्फत प्रेस काउन्सिललाई एउटा झटारो हानेका छन् ।

आफुले अमेरिकी पासपोर्ट र भिषा पहिले नै बुझाई सकेको हुँदा मलाई जेल हाल्ने योजना बनाउनेहरुले एक पटक मलाई सोधेको भए उनीहरुको महिनौंको मेहनत खेर नजाने थियो भन्दै आज बिहान आफ्नो फेसबुक पेजमा रवि लेख्छन्, प्रेस काउन्सिलका केहि आचारसंहिता ठेक्दार र त्यत्रा वरिष्ठहरुले जेल नै हाल्ने प्लान बनाउँदा एक पटक मलाई सम्पर्क गरेको भए बिचराहरुको महिनौंको मेहेनत खेर नै जादैन्थ्यो। मसँग अमेरिकी पासपोर्ट त के भिषा पनि छैन। फिर्ता बुझाई सकेको थाहा नै पाएनछन्। वा पत्रकारिता ! अब के मा लखेट्ने मिटिङ बस्यो?

उनको फेसबुक स्टाट्स यस्तो रहेको छ :

प्रतिक्रिया दिनुहोस्