रवि लामिछानेलाई हुनसक्छ ३ वर्ष जेल सजाय (भिडियो सहित)



०६ असार २०७५, काठमाडौं

न्यूज २४ बाट प्रशारण भईरहेको लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’का कार्यक्रम संचालक रवि लामिछानेलाई प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । नेपाल सकारबाट वर्क परमिट नलिइ विदेशी नागरिकले कार्यक्रम चलाएको भन्दै उनी विरुद्ध उजुरी परेको हो । गृह र संचार मन्त्रालयबिच भईरहेको पत्रचारको व्यहोरालाई हेर्दा लामिछाने कानुनी कारवाहीको फन्दामा पर्ने सम्भावना बढिरहेको देखिन्छ ।

कुमोद लोहोनी र लक्ष्मण विकको नाममा प्रेश काउन्सिलमा परेको उजुरीमा रवि लामिछानेमाथि व्यक्तिको घर, कार्यालयमा बल जबरजस्ती घुस्ने गरेको, विदेशी नागरिक भएर वर्क परमिट नलिइकन नेपालमा अवैध रुपले काम गरिरहेको आरोप लगाएर कानुन बमोजिम कारवाहीको माग समेत गरिएको छ ।

उजुरीपछि प्रेस काउन्सिलले छानविन तथा कारवाहीको लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ । हालसम्मको छानविन प्रक्रियाबाट लामिछानेले तीन वटा कानुन उल्लघंन गरेको दाबी समेत प्रेस काउन्सिलको रहेको छ ।

काउन्सिलको एक शुत्र अनुसार लामिछाने अमेरिकी नागरिक हुन् र उनले नेपालमा कुनै पनि काम गर्न वर्क परमिट लिएका छैनन् । प्रेस पास नलिइकन कुनै पनि पत्रकारिताको काम गर्न पाइने छैन ।

उजुरीमाथि छानविनको क्रममा रवि लामिछानेले प्रेस काउन्सिललाई दिएको जवाफले काउन्सिल र सिंगो संचारमन्त्रालयलाई स्वब्ध र आश्चर्य चकित बनाएको छ । काउन्सिललाई लेखेको पत्रमा उनले भनेका छन्, ‘म विदेशी नागरिक हैन नेपाल सरकारको गृहमन्त्रालयबाट बस्ने भिषा लिएको छु । अर्काे कुरा म पत्रकार हैन र भैसकेको छैन, म एक कार्यक्रम संचालक हु । कार्यक्रम संचालकले मात्र हैन धेरै पत्रकारहरुले प्रेस पास लिएका छैनन् ।’ काउन्सिलका पदाधिकारीहरुमाथि आक्रोस पोख्दै लामिछानेले पत्रमा लेखेका छन्, ‘मानिसलाई व्ल्याकमेलिङ गरेर आत्महत्या समेत गर्नुपर्ने स्थितीमा पुर्याएको मानिस पत्रकारिताको नाममा लुट्ने ढोंगी हो भन्ने कुरा मृत्युपर्यन्त विश्वास गर्छु र ढोंगीहरुले पठाएको पत्रलाई आगामी दिनहरुमा प्राथमिकता दिन्न । मेरो अमेरिकी पासपोर्ट फिर्ता गर्ने प्रक्रिया अगाडि बढी सकेको र चार वर्षदेखि नियमित रुपले नेपाल बस्दै आइरहेको कुरा अवगत गराउन चाहन्छु । उनान्सय प्रतिशत जनताले स्यावासी दिएको टेलिभिजन कार्यक्रम नेपालको इतिहासमै बनेको छैन । ज्यानकै बाजी लगाएर अहोरात्र खटेर लाखौं जनताबाट पाएको स्यावासीमा मैले गर्व गर्न पाउनुपर्छ । अहिलेको अवस्थामा प्रेस पास लिनु भन्दा म यो पेसा नै त्यागेर दोवाटोमा जुत्ता पालिस गर्न तयार छु ।’

लामिछानेले पत्रमा यस्तो आक्रोस पोखेपछि प्रेस काउन्सिलले कानुनी प्रक्रिया द्रुत रुपमा अगाडि बढाएको बुझिएको छ ।  यसै क्रममा अध्यागमन विभागले मंगलबार असार ५ गते २०७५ मा प्रेसकाउन्सिललाई पत्रमा लेखी रवि लामिछानेले जुन काम गरिरहेका छन् त्यो गर्न नपाउने स्पष्ट रुपमा भनिएको छ । चलानी नं. १ ५ २ ७ को पत्रमा अध्यागमन निगमले लेखेको छ, अमेरिकी राहदानी नं. ५१२९६६९८१ बाहक रवि लामिछानेलाई यस विभागबाट सन् ४ अक्टोबर २०१८ सम्म अवधि रहेको गैह्र नातेदार पर्यटक भिजा जारी गरिएको छ । साथै अध्यागमन नियमावली २०५१ को दफा २० को १ मा यस नियामावली बमोजिम पर्यटक र परिवारको सदस्यको हैसियतले भिजा पाउने विदेशीले नेपालभित्र रहँदा पारश्रमिक लिइ वा नलिइ कुनै उद्योग, व्यापार व्यवसाय वा संस्थामा काम गर्न पाउने छैनन् र अध्यागमन नियमावली २०५१ को दफा २० को २ मा यस नियमावलीको बमोजिम भिषा प्राप्त गर्ने  विदेशिले जुन उद्देश्यका निमित्त भिषा प्राप्त गरेको हो सो भन्दा अन्य काम गर्न पाउने छैन भन्ने व्यवस्था रहेको जानकारीको लागि आदेश अनुसारको अनुरोध छ ।

गृहमन्त्रालयले मिति २०७४ पुष १३ गते एक पत्र चलानी नं. १०३१ लेखी सञ्चारमन्त्रालयसँग राय माग गरेको थियो । शाखा अधिकृत चन्द्रप्रसाद बस्यालले दस्तखत गरी संचारमन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘नाता भिषाको आधार गैह्र पर्यटकीय भिषा प्राप्त गरी अमेरिकी नागरिक मिस्टर रवि लामिछानेले पासपोर्ट नं. ५१२९६६९८१ लाई मिडिया क्षेत्रमा रहि कार्य गर्ने सहमती दिने सम्बन्धमा त्यहाँको राय प्रतिक्रिया उपलब्ध गराइदिनुहुन आदेश अनुसार अनुरोध छ भन्ने पत्र समेत लेखेको खुुलासा भएको छ ।’

विदेशी नागरिक भई वर्क परमिट नलिइ काम गरेको पुष्टि भएमा आगामी भदौ १ गते देखि लागुहुने बैदिक गोपिनियता तथा प्रतिष्ठा विरुद्धको कठोर सम्बन्धि कानून अनुसार रवि लामिछानेलाई कारवाही हुने सम्भावना बढ्दै गईरहेको छ । अनुमति बिना कसैको तस्वीर खिच्न र अरुको आवासमा अनुमती बिनानै प्रवेश गर्न नहुने व्यवस्था उक्त कानूनले गरेको छ । यसमा व्यक्तिलाई तीन वर्ष कैद २० हजार जरिवाना मध्ये कुनै एउटा वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्