चौका दाउमा वर्षा राउतको आइटम गीत



२९ जेठ २०७५, काठमाण्डौँ

नेपालकी चर्चित नायिका वर्षा राउत चौका दाउको एउटा आइटम गीतमा देखिने भएकी छिन् ।

नाइ नभन्नु ल ४, जात्रा, छक्का पञ्जा जस्ता हिट चलचित्र दिएकी वर्षा यो पटक सोलो नायिकाको रुपमा चलचित्रमा काम गर्न लागेकी हुन् । चौका दाउमा वर्षा सँगै सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र कमेडी जनरामा बन्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्