
२२ जेठ २०७५, काठमाडौं
फुटबलको महाकुम्भ विश्वकप आउन अब केही हप्ता मात्रै बाँकी रहँदा संसारभर यसको रौनकता छाएको छ । संसारभरी नै सवैभन्दा प्रशिद्ध र लोकप्रिय मानिने विश्वकपमा नेपाल सहभागी हुन नसकेपनि अन्य देशका समर्थकहरु नेपालमा उल्लेख्य रुपमा रहेका छन् ।
नेपालमा आम मानिस लगायत कलाकारहरुलाई समेत यसले छुन थालेको छ । उनीहरुले आफ्ना मनपर्ने खेलाडी तथा टीमको जर्सी लगाएर सामाजिक संजालमा समर्थन गर्ने क्रम बढ्न थालेको छ ।
यही मसो पारेर गायिका तथा मोडल लक्ष्मी आचार्यले पनि अर्जेन्टिनाको समर्थनमा टिमको जर्सी लगाएर बिभिन्न फोटो सुट गराएकी छिन् । गायन र अभिनयसँगै खेलप्रेमी पनि हुँ भनेर चिनाउने अभिप्रायले फोटो सुट गरेको उनले बताइन् ।













