लिलिबिलीले मनायो ५१ दिन



२१ जेठ २०७५, काठमाडौँ

नेपाली सफल चलचित्र लिलिबिली सफल भएको खुसीमा युनिटले काठमाडौँमा केक काटेर ५१ दिन मनाएको छ ।

मिलन चाम्सको निर्देशनमा रहेको चलचित्रको प्रोडिउसर गोविन्द शाही र सुदिप खड्का हुन् । चलचित्रमा नायक प्रदिप खड्का, जसिता गुरुङ र प्रेयन्का कार्कीको मुख्य भुमिका रहेको छ ।

चलचित्रले राम्रो व्यापार गर्दै आज ५१ दिन मनाएको हो । केहि समय देखि निर्देशक र प्रदिपको सम्बन्ध विग्रेको खबर बाहिर आएको थियो । तर उनीहरु आजको  कार्यक्रममा एक साथ देखिएका थिए । कार्यक्रममा मिलन चाम्सले प्रदिपलाई केक खुवाउनुको साथै अंकमाल गरेर चलचित्र सफलताको खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्