
१६ जेठ २०७५, काठमाडौँ
नेपालकि चर्चित नायिका वर्षा राउत पहिलो पटक सोलो चलचित्रमा अनुबन्धित भएकि छिन् ।
यो साइत जुराइ दिएको हो चलचित्र चौका दाउले । चलचित्रमा उनी एक्ली नायिका हुन् जसको पछाडि चार जना नायक छन् । उनका पछिल्ला चलचित्र नाइ नभन्नु ल ४, छक्का पञ्जा, छक्का पञ्जा २, जात्रा र मिस्टर झोले जस्ता चलचित्र त हिट भए तर खासै उनको चर्चा भएन किनकि त्यसमा मल्टि स्टारर कलाकार थिए ।
उनी भन्छिन्, सोलो नायिकाको रुपमा काम गर्न पाउदा उत्साहित छु, तर दबाब पनि हुदो रहेछ ।धेरै स्टार भएको चलचित्रमा काम गर्दा कम दवाब हुन्थ्यो भने एक्ली नायिका हुँदा सबैको ध्यान आफू तिर हुने र माया पनि पाइदो रहेछ ।
वर्षालाई सबै चलचित्रमा काम गर्दा डर लाग्थ्यो तर यसमा सोलो नायिका हुँदा झनै डर लाग्ने उनको अनुभव रहेको बताउँछिन् ।





