
१६ जेठ २०७५, काठमाडौँ
नेपालका युवा सुपरस्टार अनमोल के.सी हालै अनुबन्धित भएका दुई चलचित्रमा ९० लाख लिएर अनुबन्धित भएका थिए । त्यसो त उनलाई चुजी नायक पनि भनिन्छ । उनले विगतमा खेलेका चलचित्र एकदमै कम छन् । वर्षमा एउटा चलचित्र खेल्ने अनमोलले हालै ब्याक टु ब्याक दुई ओटा चलचित्रमा साइन गरेका छन् । अहिले उनलाई पैसाको लागि चलचित्र खेलेको आरोप लागेको छ । अनमोलले यस भनाईलाई खण्डित गर्दै भनेका छन् ‘मैले पैसाकै लागि चलचित्र खेल्ने भए पाँच वर्षमा पाँच मात्र चलचित्र खेल्ने थिइन ।’
कुनै पनि कलाकारले राम्रो चलचित्र आयो भने छोड्नु पनि हुन्न, मैले नि त्यहि गरेको हँु । यी सबै चलचित्र एकै वर्षमा रिलिज हुँदैनन् । वर्षमा दुई ओटा सम्म चलचित्र रिलिज हुनु नराम्रो होइन । चलचित्र रिलिज भएपछि सबैलाई थाहा हुन्छ म यी चलचित्रमा किन अनुबन्धित भए भनेर । वर्षमा एउटा मात्र चलचित्र खेल्ने अनमोल नेपालकै महङ्गा नायक हुन् ।





