तेरीयापछि बृन्दा दाहाल डिआइडि लिटिल मास्टरको उपाधी नजिक



१४ जेठ २०७५, काठमाडौँ
नेपाली समयानुसार प्रत्येक शनिबार र आइतबार राती ठिक ९ः१५ मा प्रशारण हुने भारतीय चर्चित रियालिटी शो डिआईडी लिटिल मास्टर सिजन चारको टप आठमा बृन्दा दाहाल पर्न सफल भएकी छिन् ।

चितवन स्थायी घर भएकी बृन्दा मुम्बइ अडिसनमा हजुरामाका साथ गएकी थिइन् । अडिसनमै जजहरुको नजरमा पर्न सफल भएकी बृन्दा लाखौ प्रतिस्पर्धीलाई उछिन्दै हाल डिआईडीको टप आठमा पर्न सफल भएकी छिन् ।

जज फराह खान, सिद्धार्थ र मास्टर मर्जीले बृन्दालाई विजेता बन्न सक्ने प्रतिस्पर्धी भएको बताउँछन् । अब्बल प्रस्तुतीका कारण चर्चामा रहेकी बृन्दा भोटका लागी सम्पुर्ण नेपालीलाई अनुरोध गर्दछिन् ।

प्रतिक्रिया दिनुहोस्